आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने गरी ऐन अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निकासी पैठारी नियमन विधेयकका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग धारण लिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आयात निर्यातको असन्तुलन मिलाउन यो विधेयक ल्याइएको जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरुले आयात कम गर्ने र आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने गरी ऐन अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु रमा कोइराला पौड्याल, महेन्द्रबहादुर शाही, हेमराज राई, कान्तिका सेजुवाललगायतले अवैध सामग्री निकासी पैठारीलाई रोक्न कडा नियम आवश्यक भएको बताउनुभयो ।
सांसदहरुले पैठारी निकासी ऐन र भन्सार ऐनका प्रावधानहरू बाझिने किसिमको हुन नहुनेमा जोड दिँदै भन्सार चुहावट रोक्न ऐनमा उचित व्यवस्था समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्