तपाईँ सुन्दै हुनुहुन्छः

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

जुम्ला। असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पु¥याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो ।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । झण्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भन्नुभयो, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button