तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा मोटरसाइकल ट्याक्टरमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु 

सप्तरी । सप्तरीमा मोटरसाइकल ट्याक्टरमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

सप्तरी राजगढ गाउँपालिका– ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको इट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार ३ जना मध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो भएको दुर्घटनामा परि मृत्यु हुनेमा तत्काल नाम ठेगाना नखुलेको अन्दाजी वर्ष २७ को र वर्ष २३ का दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button