तपाईँ सुन्दै हुनुहुन्छः

सीप र आत्मनिर्भरता अभिवृद्धिको लागी महानगरद्वारा “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार“कार्यक्रम सञ्चालन

वीरगन्ज । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार“ भन्ने मूल नाराका साथ वीरगन्जमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको छ । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महानगरपालिकाको आयोजनामा वडा नं. ३० लालपर्सामा तालिम सञ्चालन भएको थियो । कार्यक्रम विशेषगरी स्थानीय महिलाहरूलाई लक्षित गरी स्वरोजगार, सिप विकास र आर्थिक सशक्तीकरणको उद्देश्यले सञ्चालन गरिएको थियो ।

तालिम समापन समारोहमा वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको प्रभावकारिताबारे उल्लेख गर्दै “महिला हरूलाई सशक्त बनाउने महानगरको लक्ष्य रहेको र सिपमूलक तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउँने बताउनुभयो । 

त्यसैगरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि कार्यक्रमको प्रशंसा गर्दै स्थानीय तहबाट सञ्चालित यस्ता सिप विकास कार्यक्रमहरू सामाजिक रुपान्तरणको माध्यम बन्न सक्ने बताउनुभयो । 

तालिममा सहभागी महिलाहरूले ह्याण्ड इम्ब्रोडरी सम्बन्धी विविध डिजाइन, कपडामा कलात्मक कढाई गर्ने सीप, र बजारमा कसरी आफै उत्पादन बेच्ने भन्ने विषयमा प्रशिक्षण लिएका थिए । उनीहरूले तालिमले आफूहरूमा आत्मविश्वास र सीप दुवै अभिवृद्धि गरेको प्रतिक्रिया दिएका छन् ।

महानगरपालिकाले यस्ता सिपमूलक कार्यक्रमलाई नगरका अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ । कार्यक्रमको माध्यमबाट महिलाहरूले साना उद्यम स्थापना गरी आफ्नो आर्थिक हैसियत उकास्न सक्ने अपेक्षा गरिएको छ ।

समापन कार्यक्रममा वडा नं. ३० का वडाध्यक्ष मनोज यादव, महानगरपालिकाका आर्थिक विकाश महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका राजनीतिक सल्लाहकार उमेशलाल सहनी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button