पीएसबीको ब्यूरो कार्यालयबारे मधेश प्रदेश प्रमुखसँग छलफल

जनकपुरधाम । मधेस प्रदेशका प्रदेश प्रमुख समित्रा सुबेदी भण्डारीले मधेस प्रदेशको राजधानी जनकपुरधाममा नेपालमा इतिहास बोकेको दुई संस्थाले प्रदेशका गतिविधि जनतासमक्ष लानमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टसहितका रेडियो नेपाल तथा नेपाल टेलिभिजनका प्रदेश कार्यालयका कर्मचारीहरूसँगको आज भएको भेटमा प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशमा धेरै राम्रो विषयहरू भएकाले ती विषयहरूलाई उजागर गर्नमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको जनकपुरधामको मधेश भवनमा खोलिने ब्युरो कार्यालयले मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.विष्टले सार्वजनिक सेवा प्रसारण नेपालले प्रदेश सरकारसँग आज गरेको सम्झौता तथा अन्य गतिविधिका विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभयो ।
अध्यक्ष डा. विष्टले मधेश भवनबाट नै प्रदेश सरकारको गतिविधिलाई जनतासमक्ष प्रभावकारी तरिकाले लानमा लैजान रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियोसहितको ब्युरो कार्यालयले थप मद्दत गर्ने बताउनुभयो । उहाँले ब्युरो कार्यालय स्थापना भएपछि इटहरी तथा बर्दिबासबाट उपकरणसहितको प्राविधिक आउने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्