तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिका जुम्लाकै पहिलो बालविवाहमुक्त घोषणा हुँदै

जुम्ला । जुम्लाको हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा हुने भएको छ । एक नगरपालिका सहित सात गाउँपालिका गरी आठ वटा स्थानीयतह रहेकोमा जुम्लाकै पहिलो पालिकाका रुपमा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा हुने भएको हो । 

आगामी जेठ ११ गते हिमालाई जुम्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्ने अन्तिम तयारी भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । 

उहाँका अनुसार यस अघि हिमाका सात वटै वडा विभिन्न मितिमा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । वडा घोषणा सँगै पालिका घोषणाको तयारीमा रहेको हिमाले पालिका घोषणाका लागि सबै सूचकहरू पूरा भइसकेको समेत जानकारी दिएको छ । 

हिमा गाउँपालिकालाई विवाह मुक्त घोषणा गर्नका लागि संघीय महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी जुम्ला आउने भएका छन् । मन्त्री सुडीद्धारा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा हुने छ । २० वर्ष मुनि विवाह गर्नेको सङ्ख्या शून्यमा झरेपछि पालिकाले वडा हुँदै पालिका नै बालविवाह मुक्त बनाउन सफल भएको हो । 

भव्य समारोहका बीच बालविवाह मुक्त घोषणा हुने भएकोले कार्यक्रमको तयारीलाई तीव्र पारिएको हिमा गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button