भोजपुरमा जेठ १० देखि आठौँ मेयर कप ब्याडमिन्टन
भोजपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भोजपुरमा जेठ १० गतेबाट आठौँ मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा खुला महिला तथा पुरुष प्रतियोगिता सुरु हुन लागेको हो ।
जिल्ला तहमा पनि ब्याडमिन्टन खेलको आर्कषण बढ्न थालेसँगै प्रत्येक बर्ष प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ । आठौँ संस्करण अन्तर्गत खुला पुरुष तथा महिला डवल, बि डिभिजन स्तरीय, अन्डर १५ केटा तथा केटी, अन्डर १३ केटा तथा केटीहरूको प्रतियोगिता सञ्चालन हुने आयोजक भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ ।
प्रतियोगिता तर्फका विजेताले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता जेठ १० गतेदेखि १२ गतेसम्म जिल्ला सदरमुकाममा रहेको भोजपुर क्याम्पसको कभर्ड हलमा सञ्चालन हुने छ ।
प्रतिक्रिया राख्नुहोस्