तपाईँ सुन्दै हुनुहुन्छः

फलफूल मन्डीमा एक पुरुष मृत फेला

चितवन । भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुरस्थित नयाँ तरकारी मन्डीमा फलफूल पसल गरी बस्ने एक पुरुष मृत फेला परेका छन् ।

भारत घर भई हाल भरतपुर–२, क्षेत्रपुरको नयाँ तरकारी मन्डीमा फलफूल पसल गरी बस्ने ५० वर्षीय महेश साह आफ्नै फलफूल पसलभित्र सुतेकोमा अवस्थामा मृत फेला परेका हुन् ।

मृतकको शव बुधबार बिहान पोस्ट मार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button