बाजुरामा १७ वर्षीया गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुरा। बाजुराको हिमाली गाउँपालिका–५ की १७ वर्षीया गर्भवती जुनिता कुमारी थापाको मंगलबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सुत्केरी व्यथा लागेपछि थापा कोल्टी आधारभूत अस्पताल पुगेकी थिइन्। तर जटिलता देखिएपछि अस्पतालमै सुत्केरी गराउन सम्भव नभएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत रेफर गरिएको हो।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार थापाको पेटमा करिब ३४ हप्ताको गर्भ रहेको र अस्पतालको सिफारिसपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो।
बाजुरामा सुविधा सम्पन्न अस्पतालको अभावका कारण गर्भवती तथा सुत्केरी महिलामा जटिलता देखिएमा हेलिकप्टरमार्फत जिल्ला बाहिर उपचारका लागि पठाउने गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्