तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा धनुषाको वटेश्वर गाउँपालिका कार्यालयमा छापा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयका टोलीले धनुषाको वटेश्वर गाउँपालिकाका केही योजनाहरूको फाइल नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले परेको उजुरीको आधारमा अनुसन्धानका लागि केही फाइलहरू नियन्त्रणमा लिएको र यो आयोगको नियमित प्रक्रिया रहेको बर्दिबास कार्यालयका प्रवक्ता उपसचिव तुलसीराम पौडेलले जानकारी दिनुभयो । माग गरिएका फाइल कार्यालयले उपलब्ध नगराएपछि आयोगको टोलीले गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा भएका कामकाज सम्बन्धि फाइल नियन्त्रणमा जनाइएको छ ।

विगतमा भएको अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको अधुरो महादेव मन्दिर, वडा नं.–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे अधुरो भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको पालिका श्रोतले जनाएको छ ।

तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्ततिर आर्थिक वर्ष २०७८/७९ मा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी, लेखा अधिकृत मिलेमतो गरी रौतहटको आर्यन कन्ट्रक्सनलाई साठगाँठ गरेर करिब एक दर्जन योजना दिएको थियो ।

वडा नं. २ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, पालिकाको प्रशासनिक कार्यालयको दोस्रो तल्ला, पालिका अगाडिको दलित बस्तीको बाटोको पीसीसी ढलान, वडा नम्बर २ को धुमासन टोलमा बाटोमा पिसीसी ढलान, पाटोटोलमा सार्वजनिक दलान, वडा नम्बर ३ मा दलितको घर लगायतको काम आर्यन कन्ट्रक्सनले गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button