सवारी दुर्घटना हुँदा १४ जना घाइते, तिन जनाको अवस्था गम्भीर
मकवानपुर । मकवानपुरमा मङ्गलवार दिउसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी–९, स्थित छैसठ्टी मोडमा चित्लाङबाट हेटौँडातर्फ आउँदै गरेको विङ्गर गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नं. को विङ्गर गाडी सडकदेखि करिब २० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भैसे र सिम भञ्ज्याङ्बाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरि हेटौडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गाडीमा चालकसहित १४ जना सवार रहेको र गाडी बेक्र फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया राख्नुहोस्