तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री सिंहसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रमका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । 

आज सहरी विकास मन्त्रालयमा भेटमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर ह्याम्डी, संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रमको एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेचेन छिरिङ, जलवायु परिवर्तन कार्यक्रम संयोजक अबान मार्कर सहभागी हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनले नेपालमा पारेको असर, सहरी क्षेत्रले भोगिरहेको चुनौतीहरूका बारेमा चर्चा गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्न चाहेको बताउनुभएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा संयुक्त राष्ट्रसङ्घीय  भेटका क्रममा सहरी वातावरण अनुकूलन कार्यक्रम र राष्ट्रिय रूपरेखाको विषयमा छलफल भएको थियो । 

भेटमा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिले आगामी दिनमा जलवायु परिवर्तनले सहरी क्षेत्रमा पार्ने असर कम गर्नका लागि हुने कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका तर्फबाट सहरी विकास मन्त्रालयसँग आवश्यक सहकार्यमा सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button