तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ।प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार न्युनिकरण, देशैभर रहेको गुठी समस्या समाधान,सडक, पूर्वाधार विकासलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको शुन्य समयमा सांसदहरुले तस्करी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, न्यायालयमा राजनीति संरक्षण र नियुक्ति हुँदा न्यायालयप्रति जनताको विश्वास घट्दै गएको बताउनुभयो ।

सांसदहरुले देशैभर रहेको गुठीको समस्या समाधानका लागि समयमा नै गुठी विधेयक ल्याएर समस्या हल गर्न र गुठी पीडितहरूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । 

सांसदहरूले कर्णाली प्रदेशको विकास र पहिचानका लागि सडक, ऊर्जा, पर्यटन, महिला, युवा, सबैकालागि समावेशी बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले सडक पूर्वाधारको विकास र पुनर्निर्माण, सडक कालोपत्रे, पक्की पुलको निर्माणका चालु योजनाहरू सम्पन्न गर्नेगरी बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले मानव विहीन बस्ती बढ्दै गएको, महिला तथा सामाजिक महिला परिचालिका माथि विभेद भइरहेको, पूर्व कर्मचारीको दोहोरो सुविधा खारेज गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले वर्षा शुरु भएको र मलको अभाव रहेको भन्दै समयमा नै मलको व्यवस्था गर्नुपर्ने, बाढी पहिरो डुबानबाट हुन सक्ने क्षति न्युनिकरणका लागि समयमा नै पहल सुरु गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button