‘सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक’
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।
नैतिक शिक्षाले असल मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत रेडक्रसले आफूलाई अग्रपङ्क्तिमा उभ्याएको भन्दै प्रदेश प्रमुख भट्टले प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्