तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिनुभयो । उहाँले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आउनुभएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुदायसमक्ष पु¥याउने बताउनुभयो ।

भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैर आवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button