तपाईँ सुन्दै हुनुहुन्छः

वनमन्त्री शाही र भुटानका ऊर्जा मन्त्री छिरिङबिच भेटवार्ता

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री जेम छिरिङबिच भेटवार्ता भएको छ ।

नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटमा उहाँहरुबीच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेर अघि बढ्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री शाहीले भुटानले ऊर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताउनुभएको वन मन्त्रालयले जनाएको छ  । उहाँहरुबीच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तर्राष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button