तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याण मन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याण मन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । 

भेटका अवसरमा दुई देशबीच रहँदै आएको आपसी र मित्रवत् सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button