उदयपुरमा हावाहुरीबाट १८ लाख बढीको क्षति
उदयपुर । उदयपुरमा गएराति वर्षासँगै आएको हावाहुरीले बितण्डा मच्चाउँदा १८ लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार विद्यालय र घरका छाना हावाहुरीले उडाउँदा १८ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

हावाहुरीबाट चौदण्डीगढी नगरपालिका–१० खैराझोडाकी गीता पाण्डेको बाँस र खरले बनेको भुइतले घरको छानो उडाउँदा ५० हजारको क्षति भएको छ । नवराज दुलालको घरकै छानो उडाउँदा तीन लाख ५० हजारको क्षति भएको छ । भरत राउतको दुई लाखको क्षति भएको छ ।
हावाहुरीले जिल्लाकै उदयपुरगढी गाउँपालिका–६ जगेटारमा रहेको श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाउँदा तीन लाख बराबरको क्षति भएको छ । यसैगरी, सुभाष अधिकारीको पक्की घरको टिनको छानो र घरमा सञ्चालनमा रहेको किराना पसलका सामानहरूमा क्षति पुग्दा दुई लाख बराबरको क्षति भएको छ ।
सम्भव अधिकारीको एक लाख ५० हजारको क्षति भएको छ । खगेन्द्र श्रेष्ठको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतले घरको छानो उडाउँदा दुई लाखको क्षति भएको छ । ध्रुव खत्रीको तीन क्षति भएको प्रहरी उपरीक्षक दोङले बताए ।
प्रतिक्रिया राख्नुहोस्