हसन राईको ‘नायुमा’ सार्वजनिक: एलिसा र उमेशको अभिनय
काठमाडौँ । गायक हसन राईको ‘नायुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शशि गुरुङको शब्द तथा सङ्गीत रहेको गीतमा हसनको स्वर रहेको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई देबेश राईले एरेञ्ज गर्नुभएकाे छ । अमर सृष्टा विक्रम राई प्रति समर्पित म्युजिक भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
किरातहरूको सभ्यतामा आधारित गीतमा युवा पुस्तामाझ चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गर्नुभएकाे छ । म्युजिक भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ । म्युजिक भिडियोमा चर्चित अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र चर्चित कमेडियन उमेश राईको अभिनय देख्न सकिन्छ ।
यस म्युजिक भिडियोमा हरि हुमागाईँको डिओपी रहेको छ, भने उत्तम हुमागाईँको सिनेमाटोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई विकास दाहालले इडिट गर्नुभएकाे छ, भने सुम्निमा कलेक्सनको पहिरण रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्