तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवद्वारा कलैयामा ब्लड बैङ्क भवनको उद्घाटन 

वीरगञ्ज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज एक समारोहबिच बाराको कलैयास्थित प्रादेशीक अस्पतालमा नवनिर्मित ब्लड बैङ्क भवनको उद्घाटन गर्नुभएको छ । 

छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशीक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैङ्क भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले रक्तदान जस्तो मानवीय कार्य समाजमा अति नै आवश्यक र उच्च मूल्यको हुने बताउनुभयो । 

उहाँले कलैयामा ब्लड बैङ्क स्थापनाले जिल्लाका हजारौँ बिरामीहरूलाई सहज रुपमा रगत आपूर्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलैया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैङ्कमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति पनि खटाइएको जानकारी दिनुभयो । 

समुद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया महानगरपालिकाका नगर प्रमुख विनोद साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button