तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग बन्द

कञ्चनपुर । कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बङ्कमा टायर बालेर सडक अवरुद्ध पारिएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले  दिउँसो पौने ३ बजेबाट राजमार्ग अवरुद्ध भएको जनाएको छ। 

कृष्णपुर नगरपालिका–२ बङ्क चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँका ५० वर्षीय महेन्द्र विष्टलाई मङ्गलवार ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएपछि परिवारका सदस्यहरू तथा आफन्तहरूले राजमार्ग बन्द गरेका हुन्।

बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय चालक रवि रोकायालाई जिपसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button