तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली राजमार्गको स्तरोन्नति गरिँदै

जुम्ला । कर्णालीको विकास र समृद्धिको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नति अघि बढेको छ । जुम्ला–सुर्खेत २३२ किमी दुरी रहेको कर्णाली राजमार्ग अन्तरर्गत विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेको हो । 

राजमार्गको विभिन्न खण्डमा डबल कटिङ,ग्राभेल,कालोपत्रे लगायतका सुधारका काम भई रहेका छन् । कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमानाका दहीखोला–खुलालु खण्डलाई फराकिलो बनाउन डबल कटिङको काम थालिएको छ । निकै साँघुरो मानिने सो खण्ड फराकिलो बनाउने काम थालिएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दहीखोलादेखि खुलालु कर्णाली कोरिडोर क्षेत्र र जुम्ला सडकको करिब तीन किलोमिटरमा फराकिलो बनाउने डबल कटिङ काम भइरहेको डिभिजन प्रमुख दीपेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार उक्त खण्डको तीन किलोमिटरको डबल कटिङ गर्ने लक्ष्य राखिएको छ । 

कर्णालीको विकासको मेरुदण्ड मानिएको राजमार्ग २०७९ को भीषण बाढी पहिरोपछि सडकमा ठुलो क्षति भएको छ । त्यतिबेला क्षति भएको राजमार्ग अझै लयमा आउन सकेको छैन । धेरै ठाउँमा अहिले पनि जोखिम कायमै छ । 

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी प्रदीपकुमार चौधरीले दहीखोलादेखि खुलालु क्षेत्रको पाँच करोडको ठेक्का आह्वान डबल कटिङको काम भइरहेको बताए । उनका अनुसार सडक डबल कटिङ गर्नका लागि १० करोड बजेट विनियोजन भएकोमा पहिलो चरणमा पाँच करोडको ठेक्का आह्वान भई काम भएको छ । 

डबल कटिङपछि उक्त सडक नौ मिटर चौडा बनाइने छ । सड्क डिभिजनका अनुसार सो कार्यका लागि (गुरा सेवा निर्माण) कम्पन्नीले जिम्मा पाएको छ । निकै कठिन मानिने सो क्षेत्रमा सडक डबल कटिङ, स्ट्रक्चर बनाइने छ ।  कार्यालयका अनुसार कर्णाली राजमार्ग नाग्म–जुम्ला खण्डमा समेत मर्मत भइरहेको छ । 

सो खण्डका लागि १० करोड बजेटमा काम गर्न सम्झौता भएको छ । डिभिजन कार्यालयले कालीकोट र जुम्लाको सीमा नाग्मदेखि जुम्ला सदरमुकामसम्म फराकिलो बनाउने काम भइरहेको छ ।

यता कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्डको रारा,त्रिवेणी,लिताकोट र जर्मी क्षेत्रमा कालोपत्रेको काम सुरु गर्न लागिएको छ । गत वर्षनै डबल कटिङ भइरहेको उक्त खण्डमा अहिले ग्राभेल सम्पन्न गरी कालोपत्रे गर्ने तयारी भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नाग्म–जुम्ला खण्डको विभिन्न भागमा ग्राभेल गरेर सकिएको छ । विगतमा निधै सास्ती पूर्ण उक्त सडक खण्डमा ग्राभेलपछि निकै सहज भएको छ । अब तत्काल कालोपत्रेको काम अघि बढी रहेको छ ।’

विगतमा निकै सास्ती हुने सडकमा अहिले निकै सहज भएको स्थानीय लोक बहादुर दमाईले बताउनुभयो । उहाँले ग्राभेलपछि धुलो धुँवा बढ्दै गएकोले कालोपत्रे छिटो भन्दा छिटो गर्नुपर्नेमा जोडिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button