तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा विपन्न र सिमान्तकृत लक्षित ‘निःशुल्क कपडा घर’ सञ्चालन 

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मिडटाउन होटलले निःशुल्क कपडा घरको शुभारम्भ गरेको छ ।  होटलले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त घरको शुभारम्भ गरेको हो “साथ दिनुहोस्, माया बाँड्नुहोस्’ भन्ने मुख्य सन्देश सहित बुद्ध जयन्तीको अवसर पारेर   निःशुल्क कपडा घरको शुभारम्भ गरिएको होटलका प्रबन्ध निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो  ।

सो कार्यक्रममा  कार्यक्रममा कपडा आवश्यक परेका व्यक्तिहरूलाई कपडा हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो  । कपडा भण्डारणको लागि सबैले देख्ने गरी होटलको अगाडी अलग्गै कक्ष बनाइएको छ । कपडा घरमा राखिएका कपडाहरूलाई आकर्षक सजावटका साथै सफा सुग्घरका साथ व्यवस्थापन गरि वितरण गरिने घिमिरेको भनाई छ  । ‘हाम्रो संस्थागत दायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ, प्रबन्ध निर्देशक घिमिरेले भन्नुभयो, बिशेषगरी यो अभियान विपन्न , सिमान्तकृत वर्ग प्रति लक्षित गरेका छौँ ।’ गाँस बास कपास हरेक नागरिकको आधारभूत आवश्यकता भएको र त्यस्ता वर्गलार्ई सहयोग पुग्ने हेतुले कपडा घरको थालनी गरिएको उहाँको भनाई छ । 

प्रयोग गर्ने अवस्थामा रहेर पनि प्रयोग विहीन भई रहेका कपडाहरू आवश्यक पर्नेहरूका लागि उपलब्ध गर्ने माध्यमको रुपमा निःशुल्क कपडा घरको शुभारम्भ गरिएको हो । यसलाई थप व्यवस्थापन र प्रभावकारी बनाउँदै अगाडि बढ्ने बताइएको छ  ।

पुराना वा प्रयोग नभएका कपडाहरूको उचित व्यवस्थापन गर्नको लागि र आवश्यक पर्ने व्यक्ति, संघ–संस्थाहरूलाई निःशुल्क रुपमा उपलब्ध गराउनको लागि पनि निःशुल्क कपडा घर निकै उपलब्धिमूलक हुने  घिमिरेले बताउनु भयो  ।

होटलले कपडा दिएर सहयोग र सेवाभाव भएका व्यक्तिलाई निःशुल्क कपडा घरमा जम्मा गर्न अनुरोध गरेको छ । गरिब, असहायहरू लक्षित यो अभियानलाई  चितवन सँगै छिमेकी  जिल्लाहरूमा समेत कपडा वितरण गर्ने लक्ष्य लिइएको घिमिरेले  बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button