तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम मेयर कप: पर्सा र भारतको लखनउ टिम विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप टी २० प्रतियोगितामा आज भएको दुई खेलमा पर्सा र भारतको उत्तर प्रदेशका लखनउ टिम विजयी भएका छन् ।  

जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा लखनउ टिमले सिरहा टिमलाई ९ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा पर्साले दिल्ली टिमलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर बलिङ गरेको भारतको लखनउ टिमले १२३ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउँदै पुरा गरेको हो । लखनउको तर्फबाट प्रिथुल मेहताले अविजित ५१ बलमा ६२ र सोमेन मोहेन्टीले ३० बलमा ५० रन बनाए । यस्तै, सुमित पाठकले ५ बलमा ५ रन बनाएर दिनेश अधिकारीको बलमा आउट भएका थिए । 

टस हारेर ब्याटिङ गरेको सिराहाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । 

दोस्रो खेलमा दिल्लीले टस जितेर व्याटिंग गरेकोमा ६० रन मात्र जोडेकोमा पर्साले ६.४ ओभरमा २ विकेट गुमाउँदै  लक्ष्य पार गर्दै विजयी भएका थिए । 

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल क्रिकेट सङ्घको सहयोगमा भइरहेको मेयर कपमा मधेस प्रदेशको ८ वटा जिल्ला टिम ८ र भारतको विहारका २, उत्तर प्रदेशका १ र दिल्लीका १ गरेर ४ वटा टिम सहभागी रहेका छन् । 

लिग चरणको अन्तिम खेल बुधबार लखनउ र रौतहटबिच तथा बारा र दिल्लीबिच हुने तालिका रहेको छ ।     

जनकपुरधाम मेयर कपमा विजेता टिमलाई २ लाख नगदसहित ट्रफि र उपविजेता टिमलाई १ लाख २५ हजार नगल सहित ट्रफि रहेको जिल्ला क्रिकेट संघका सदस्य सरोज कुमार मिश्रले जानकारी दिनुभयो । प्रतियोगिता जेठ २ गतेसम्म हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button