तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा तेस्रो पटकमा झेँदी पुल बन्यो, स्थानीय खुशी

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-३ र ७ जोडने झेदी पुल निर्माण भएको छ । दुई–दुई पटक पक्की पुल ढलान भएपछि भत्किएको पुलमा डिजाइन नै परिवर्तन गरेर पुल निर्माण गरिएको हो । 

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको बडिगाड खोलाको झेँदी पुल २०७६ बैशाख १ गते नयाँ बर्सकै दिन ढलान गरेको दिन नै भत्कियो । अर्को विडम्बना पुनः २०७७ बैशाख ३ गते पनि ढलान गरेपछि भत्कियो । स्थानीय बर्सातमा सोही पुल र हिउँदमा फड्केबाट आउ–जाउ गर्छन् । अहिले पुल निर्माणको लागि नयाँ डिजाइन तयार गरेर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुल निर्माण भएपछि आवत–जावत सहज हुने मुसिकोटका स्थानीयको भनाइ छ । 

दुई पटक ढलान गरेपछि भत्किएको गुल्मीको बडिगाड खोलाको झेँदी पुल तेस्रो पटकमा बनेको हो । यो पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मीले कार्यान्वयन गरेको थियो । पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाख रुपियाँको लागतमा निर्माण सम्झौता गरेको थियो । अहिले मुख्य पुलको नजिक ब्याकवाला निर्माण र एप्रोज स्ल्याप ढलानको काम भइरहेको छ । पुलको मुख्य काम सकिएर केही फिनिसिङका काम भइरहेको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवनले सबैको चासो, चिन्ता र दौडधुपको कारण तीन÷तीन पटक पुल निर्माण सम्भव भएको बताउनुभयो ।

स्विस सरकारको भ्याटसहित पाँच करोड १७ लाख ५० हजार ६६५ रुपियाँको लागतमा वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको काम गरिरहेको छ । बडिगाड खोलामा निर्माण भएको झेदी पुलको ५६ लम्बाई मिटर रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button