अवरुद्ध बीपी राजमार्ग सुचारु
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण हिजो (सोमबार)रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति ८ः५० बजे डाइभर्सन बगाएको थियो । उहाँका अनुसार बगाएको डाइभर्सन पुनः बनाएपछि यातायात सुचारु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्