तपाईँ सुन्दै हुनुहुन्छः

कारागारलाई उद्योगग्रामको रुपमा विकास गर्न आवश्यक: गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले कारागारलाई सुधारगृह रुपमा स्थापित गर्दै यसलाई उधोगग्रामको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।

 विराटनगर स्थित मोरङ कारागार परिसरमा निमार्ण भएको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले कारागारमा सजाय भोग्दै आएका कैदीवन्दीहरुले  कुनै प्रकारको इलम र सिप सिकेर केही न केही उत्पादन गर्न सक्यो भने मानिस उत्पादन सँग जोडिने र गरेको उत्पादनले केही केही आयआर्जन गर्न सक्ने  भएकाले कारागारलाई उधोगग्रामको रुपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

 उहाँले कारागारबाट सजाय भोगेका कैदी वन्दीलाई समाजमा असल नागरिकको रुपमा स्थापित गर्न र उनीहरूलाई सिप मुलुकमा आयआर्जन जोडन पनि सरकारले प्रत्येक कारागारलाई आधुनिकीकरण गर्न लागेको बताउनुभयो । मन्त्री लेखकले कारागारमा रहेका कैदीवन्दीहरुको मानव अधिकारको उचित व्यवस्थापनका लागि सरकार सचेत रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा गठन भएको यो सरकारले १० महिनाको अवधिमा आर्थिक सूचकाङ्कहरू सुधार भएको र आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो ।

 उहाँले सरकार गठन भएपछि राजनीतिक स्थिरता कायम भएको , मूल्य वृद्धि नियन्त्रणमा आएको,केही न केही आयात घटाएर निर्यात बढाएको, मुलुकमा लगानीका लागि उद्योग स्थापना गर्न सहज वातावरण बनाएको उद्योग स्थापनमा आउन सक्ने कानुनी तथा प्रशासनिक  जटिलता हटाएको तथा बढिभन्दा बढी कानुन निमार्णका लागि यो सरकारले सांसदमा विधेयक हरू पेश गरेको बताउनुभयो । 

कोशी प्रदेशका आन्तरिक मामिलातथा कानुन मन्त्री रेवती रमण भण्डारीले नयाँ भवन निमार्ण भएसँगै मोरङ कारागार सुधार गृहको रुपमा स्थापित भएको बताउनुभयो । 

 कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सरकारले कैदीवन्दीहरुका सहजताका लागि मुलुकभरका कारागारहरूलाई थप व्यवस्थित र नयाँ भवन बनाउने कार्य भइरहेको बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पुर्वमन्त्री अमनलाल मोदी, कोशी प्रदेशसभाका सदस्य भिम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सङ्घीय विकास तथा भवन निमार्ण कार्यालय विराटनगरका प्रमुख प्रदीपकुमार सिंहले नयाँ भवन निमार्ण भएसँग कैदीवन्दी हरूलाई हरेक प्रकारले सुविधा भएको उल्लेख गर्नुभयो । 

नेपाल सरकाले सो कारागार परिसरमा ३५ करोड रुपैयाँको लागतमा सो नयाँ भवन निमार्ण गरेको हो । जस अन्तर्गत कारागार पारिसरा पुरुष तथा महिला सुधारगृह भवन , नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका भवन, प्रशासनिक भवन, कारागार प्रमुखको आवाशगृह तथा सुरक्षापोष्ट निमार्ण भएका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button