सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
लाताकिया, सिरिया । सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ ।
हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन । डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ ।
नागरिक सुरक्षा अनुसार तीव्र हावा, अत्यधिक गर्मी, विगतको युद्धबाट बाँकी रहेका जोखिमपूर्ण वस्तु र दुर्गम भूगोलका कारण आगो निभाउने कार्यमा कठिनाइ भएको छ ।
लाताकियाका प्रशासनिक तथा प्राविधिक इकाइ प्रमुख अली असीले जानकारी दिँदै भन्नुभयो, “तीव्र गर्मी, उकालो–ओरालो जमिन र पानी तथा उपकरण पु¥याउन गाह्रो भएकाले डढेलो नियन्त्रणमा समस्या भइरहेको छ ।”
उहाँले थप भन्नुभयो, “डढेलो सुरु भएको चार दिन भइसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । हामीले अलेप्पो, टार्टुस र हामा क्षेत्रका स्थानीय तहहरूसँग सहयोगको आग्रह गरेका छौँ । डढेलोले दर्जनौँ बिघा क्षेत्र प्रभावित बनाइसकेको छ र हामी अझै भारी उपकरणको प्रतीक्षा गरिरहेका छौँ ।” रासस÷सिन्ह्वा
प्रतिक्रिया राख्नुहोस्