आमसञ्चार विधेयक छिट्टै पास हुन्छ : कानुन मन्त्री
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्कीले लामो समय देखि थाती रहेको सुदूरपश्चिम प्रदेशको आम सञ्चार विधेयक अबको संसद् अधिवेशनबाट पास हुने बताउनु भएको छ ।

डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी आयोजना गरिएको दुई दिने प्रदेश स्तरीय कार्यक्रमको उद्घाटन गनुहुदै मन्त्री सार्कीले सो कुरा बताउनु भएको हो ।
आमसञ्चार विधेयक पास नहुँदा रजिष्ट्ररको कार्यालय र प्रेस काउन्सिलको कार्यालय स्थापना हुन सकिरहेको छैन मन्त्री सार्कीले भन्नुभयो— पत्रकारहरू सँगको बृहत् संम्बाद र छलफल मार्फत आमसञ्चार विधेयक संसदमा प्रस्तुत भएर पास गर्ने तयारीमा रहेको बताउनुभयो ।

पत्रकारहरिको साझा संस्था पत्रकार महासङ्घ सँग पटक पटक छलफल गरिरहेका छौँ अब सञ्चार विधेयक संसदमा प्रस्तुतका लागी लैजाने वातावरण सिर्जना गर्न आग्रह गर्नुहुँदै उहाँले असहमतिका बिचबाट सहमति खोज्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीले रेडियो एफएमहरू सगैं छापा माध्यमहरू आर्थिक सङ्कटको चपेटामा परिरहेकाले नयाँ प्रविधि सँगै सरकारले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा ९ वटै जिल्लाका रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ । कार्यक्रममा झण्डै चालिस भन्दा बढी सक्रिय पत्रकारहरू सहभागी छन् ।
प्रतिक्रिया राख्नुहोस्