छैटौँ जुम्ला-रारा अल्ट्राम्याराथन सुरु,खेल पर्यटन विकासमा जोड
जुम्ला । जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौँ संस्करण सुरु भएको छ ।
५१ किलोमिटर दुरीको जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको हो । ५१ किमी,१० किमी र ५ किमी गरि तीन विद्या तर्फ म्याराथन प्रतियोगिता भएको कर्णाली स्वपोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

छैटौँ संस्करणको म्याराथनमा देश विदेशका गरि ५ सय ९१ जना धावक सहभागी छन् । जस मध्य सबैभन्दा बढी १० किलोमिटर दुरीमा ३५५ जना धावक सहभागी भएका छन् । भने सबैभन्दा लामो दुरी ५१ किलोमिटर तर्फ ७४ जना धावक सहभागी रहेका छन् । त्यसै गरि ५ किलोमिटर तर्फ १५५ जना गरि कूल ५९१ जना धावक सहभागी रहेको आयोजक संस्था कर्णाली स्वपोर्ट क्लबले जानकारी दिएको छ ।
खेलकुदका माध्यमबाट जुम्लालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन जुम्ला-रारा अल्ट्राम्यारथन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

कर्णालीका हिमाल पहाडलाईलाई साहसिक खेल पर्यटनका रुपमा विकास गर्न र खेलकै माध्यमबाट कर्णालीलाई विश्वसामु चिनाउने जुम्ला-रारा म्याराथनको लक्ष्य रहेको कर्णाली स्वपोर्ट क्लबका अध्यक्ष शाहीले उल्लेख गर्नुभयो ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल,ऐतिहासिक जुम्लाको पर्यटन प्रर्बद्वन गर्न म्याराथनले टेवा पुराएको छ । ५१ किमी दुरीका धावक दौडिरहेका छन् । १० किमी र ५ किमी दुरीको प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने धावकलाई पुरस्कार वितरण केहीबेरमा गरिने समेत आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्