तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुलको लट्ठामा फसेका एक युवकको उद्धार 

चितवन  । देवघाटधामको झोलुङ्गे पुलको लट्ठामा फसेका  एक जनाको सकुशल उद्धार गरिएको छ । कालिका नगरपालिका वडा नं.३ पदमपुर घर भएका २९ वर्षका सागर बोटको उद्धार गरिएको हो । 

बिहीबार दिउँसो करिब ३ बजेतिर झोलुङ्गे पुलको उत्तरतर्फको लट्ठाको मध्यभागमा गएर अड्किएका बोटको सशस्त्र प्रहरी बल, नेपाल १७ नम्बर गण हेड क्वाटर चितवनका प्रहरी नायव निरीक्षक रोशन पौडेलको कमाण्डमा खटिएको विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको हो।

बिहीबार दिउँसो करिब साढे ३ बजेको समयमा झोलुङ्गे पुलबाट त्रिशूली नदीमा हाम फाल्न भनेर पुलको लट्ठामा गएको खबर पाएपछि सशस्त्र प्रहरीको विपद् उद्धार टोली पुगेर उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण हेड क्वाटरले जनाएको छ। उद्धार गर्न विपद् उद्धार टोलीलाई करिब ४५ मिनेट लागेको थियो ।

लामो समयसम्मको सम्झाइ बुझाइपछि बल्ल उद्धार गर्न सफल भएको सशस्त्र प्रहरी बल नम्बर १७ गण हेड क्वाटरले जनाएको छ। सागर पारिवारिक समस्याका कारण नदीको लट्ठामा झुन्डिन पुगेको बुझिएको छ। उद्धारपछि अस्थायी प्रहरी चौकी देवघाटको जिम्मा लगाइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button