तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकामा कडाई, भारतबाट नेपाल फर्कनेको सङ्ख्या बढदै

बाँके । भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपालगन्ज नाकामा कडाइ गरिएको छ। 

भारतबाट पाकिस्तानी नागरिक नेपाल छिर्न सक्ने सम्भावनालाई मध्यनजर गरी नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले परिचयपत्र लागु गरेको छ। 

यसअघि भारतको रुपइडिहास्थित सीमा सशस्त्र बल (एसएसबी) ले परिचयपत्र अनिवार्य गरेकोमा बिहीबारदेखि सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगन्ज नाकामा परिचयपत्र चेक गर्न सुरु गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले सीमा नाकाको संवेदनशीलतालाई ध्यानमा राख्दै परिचय खुल्ने कागजात अनिवार्य गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, सिमानाका‌मा सशस्त्र प्रहरीको जनशक्ति थप गरि गस्ती बढाइएको उल्लेख गर्नु भयो । 

भारत र पाकिस्तानबिच द्वन्द्व बढेसँगै नेपाल आउने र जानेमाथि पनि भारतले कडाइ गरेको छ। परिचयपत्र भएकालाई मात्र भारत प्रवेश गर्न दिएको एसएसबीले हातहतियार तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको छ। ‘पहिलेको भन्दा पछिल्लो समय अझ धेरै कडाइ गरिएको भारतीय प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले भारत–पाकिस्तानबिचको द्वन्द्व चर्किँदै गएपछि नेपालतर्फ आउनेमाथि निगरानी बढाइएको बताउनु भयो ।

भारत र पाकिस्तान बिच द्वन्द्व बढे पछि भारत छाड्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button