तपाईँ सुन्दै हुनुहुन्छः

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

गण्डकी।कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button