तपाईँ सुन्दै हुनुहुन्छः

विधेयकमा सहमति जुटाउन गठित उपसमितिलाई १० दिन म्याद थप्ने निर्णय

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरी प्रतिवेदन पेस गर्न गठित उपसमितिको म्याद १० दिन थप गर्ने निर्णय गरेको छ । 

बैठकमा उपसमितिका संयोजक छविलाल विश्वकर्माले उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि  ३५ दिनको समयावधिमा ३९ वटा बैठक बसेको र छलफललाई निष्कर्षमा पुर्‍याइ प्रतिवेदन लेखन कार्य गर्न  थप १० दिनको समय माग गर्नुभएको थियो । 

विधेयकको १५ परिच्छेद, एक सय ६३ दफा उपर एक सय ५२ समूहमा एक सय ६१ जना सांसदहरुले एक हजार सात सय ५८ बुँदामा संशोधन पेस गर्नुभएको थियो ।  

बैठकमा सांसदहरु देवेन्द्र पौडेल, विद्या भट्टराई दीपा शर्मा, कालुराम राईलगायतले विद्यालय शिक्षा विधेयक चुनौतीका रुपमा रहेकाले जतिसक्दो चाँडो समितिबाट पारित गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button