तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा भाेली सार्वजनिक बिदा

महेन्द्रनगर (धनुषा) I मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button