सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ । आठ वटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समूहका बालबालिकाहरू कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो ।

गाउँपालिकाका आठ वटै वडाहरू पूर्ण खोप सुनिश्चित घोषित भइसके पश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।
सबै वडाहरू वडाहरू घोषित भई सकेपछि गरिएको अनुगमन अनुसार गाउँपालिका भरी शाखाले उपलब्ध गराएको विवरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरू आठ वटै वडामा ५५५ जना रहेका छन् । जसमा दोजाम आधारभूत स्वास्थ्य केन्द्रमा १९ बालबालिका, ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभूत स्वास्थ्य केन्द्रमा १० जना, जिल्ला अस्पतालमा ७३ जना, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, र स्याडा स्वास्थ्य चौकीमा २०४ जना बालबालिकाहरूको अनुगमन गरे पश्चात् आज गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको संयोजक भण्डारीले बताउनुभयो । खोप लिइरहेका जन्मेदेखि पन्ध्र महिना सम्मका बालबालिका भने १८४ जना रहेका छन् ।
जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका संयोजक शिवराज शर्माको प्रमुख आतिथ्यमा घोषणा गरिएको छ ।
कार्यक्रमको अवसरमा खोप कार्यक्रमलाई सहयोग गर्ने ४ जना सञ्चारकर्मीहरूमा पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपूर्णकर्मी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावल तथा ८ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्