तपाईँ सुन्दै हुनुहुन्छः

‘समयमै कानुन नबन्दा प्रदेश र स्थानीय तहमा काम गर्न अप्ठ्यारो’

उदयपुर । कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले संघीय सरकारले समयमा कानुन निर्माण गर्न नसक्दा प्रदेश र स्थानीय तहमा काम गर्न अप्ठ्यारो भएको बताउनुभएको छ ।

बुधबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा कोशी प्रदेश सचिवालयले आयोजना गरेको “स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था“ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घीय कानुन नहुँदा प्रदेश सरकार र स्थानीय तहले समेत आफ्ना नीति र कानुन निर्माण गर्न नसकेकोले प्रदेश सरकार र स्थानीय सरकारलाई काम गर्न धेरै अप्ठ्यारो भएको आफूले महशुस गरेको बताउनुभयो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र कुमार मगरको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उप प्रमुख, प्रदेशसभा सचिवालयका सदस्यहरु,  महाशाखा र शाखाका  प्रमुखहरू, गाउँपालिकाका वडा अध्यक्षहरू, विधायन समितिका पदाधिकारी तथा सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button