तपाईँ सुन्दै हुनुहुन्छः

जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण गरिएको छ । स्थानीय ज्येष्ठ नागरिक, विपन्न र असहाय तथा अपाङ्गता भएका लगायत अन्य  व्यक्तिलाई झुल वितरण गरिएको हो । गर्मी मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न किसिमका रोगबाट बचाउन झुल वितरण गरिएको जानकी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले गर्मी  मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट बचाउन झुल वितरण गरिएको बताउँदै आगामी दिनहरूमा पनि नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरू थप गर्दै जाने बताउनुभयो । 

१ देखि ६ नम्बर वडामा रहेका ज्येष्ठ नागरिक, विपन्न र असहाय तथा अपाङ्गता भएका लगायत अन्य व्यक्तिलाई ३ हजार २ सय थान झुल वितरण गरिएको हो । झुल वितरण कार्यक्रममा अध्यक्ष खाँ, विपद तथा वातावरण समिति संयोजक राजेन्द्र सिंह, कार्यपालिका सदस्य निर्मला हरिजन, जिल्ला समन्वय सदस्य जुल्फेकार मनिहार, विपद तथा वातावरण शाखा प्रमुख राजेन्द्र वाजपेयी, जिन्सी शाखाका राजु यादव, निरा हमाल लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button