समृद्ध नेपाल भारतको चाहना : विहारका मन्त्री गुप्ता
जनकपुरधाम । विहार सरकारका पञ्चायती राज्य विभागका मन्त्री केदार प्रसाद गुप्ताले नेपाल भारतको सच्चा छिमेकी मित्र राष्ट्र भएकाले समृद्ध नेपाल भारतको चाहना भएको बताउनुभएको छ ।
कानू समाज नेपालको जनकपुरधाममा सम्पन्न भेलामा उहाँले नेपालको समृद्धि र विकासका यात्रामा भारत सरकार सबै प्रकारको सहयोगका लागि तयार रहेको बताउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विहारका मुख्यमन्त्री नीतिश कुमार सिंह नेपालको विकासका विषयमा सधैँ चिन्तित रहनुभएको जनाउनुभयो ।

कार्यक्रममा कानू समाज धनुषाका अध्यक्ष उदयचन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, समाजका संस्थापक अध्यक्ष दशरथ साह सहितका वक्ताहरूले कानू समाजका नव निर्वाचित पदाधिकारीहरूको सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जनकपुर नगर समितिका अध्यक्ष शङ्कर प्रसाद साह नेतृत्वको २५ सदस्यीय नयाँ कार्यसमिति र कानू समाजका युवा मञ्चका अध्यक्ष सन्तोष साहको नेतृत्वमा निर्वाचित २१ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूको शपथ ग्रहण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्