बुटवल लुम्बिनी क्लबका पदाधिकारी र खेलाडीले रोबर्टो कार्लोससँग भेट

बुटवल। बुटवल लुम्बिनी क्लबका अध्यक्ष सुशील कडरियासहित क्लबका पदाधिकारी र खेलाडीहरूले ब्राजिलका विश्वकप विजेता तथा लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोससँग भेट गरेका छन्।
विश्वप्रसिद्ध खेलाडीको उपस्थितिले क्लबको प्रतिष्ठा बढ्नुका साथै खेलाडीहरूलाई उत्साहित बनाएको क्लबले जनाएको छ। क्लबका अनुसार यस्तो अन्तरक्रियाले युवा खेलाडीहरूमा प्रेरणा दिने र स्थानीय फुटबलको स्तर उकास्ने विश्वास गरिएको छ।कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई धन्यवादसमेत दिए । उनी नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा नेपाल आएका हुन् । सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाडी थिए ।
प्रतिक्रिया राख्नुहोस्