तपाईँ सुन्दै हुनुहुन्छः

जम्मू-कश्मीरमा भएकाे आतङ्कवादी हमलामा परि रुपन्देहीका सुदिप न्यौपानेको निधन

रुपन्देही। जम्मू-कश्मीरमा भएको आतङ्कवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ।

हिजो भएको आतङ्कवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुँदा एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।

परराष्ट्र मन्त्री आरजु राणाले कश्मीरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिनुभएको हो ।

‘सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भन्नुभएको छ । साथै, सो आतङ्ककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

‘उहाँहरू घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रूर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन,’ उहाँले लेख्नुभएको छ, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भर्त्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उहाँका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जनाइएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button