तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौँ । पर्सि वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुनेगरि सरेको छ । शिक्षकहरूको आन्दोलनका कारण पर्सि  ११ गतेदेखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने जनाएको छ । 

मङ्गलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन परीक्षा सार्न बोर्डलाई निर्देशन दिनुभएको थियो ।

यसअघि बिहान बसेको परीक्षा बोर्डले तोकिएको समय वैशाख ११ गते नै निजामती कर्मचारी परिचालन गरेरै भएपनि परीक्षा गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button