सशस्त्र प्रहरी बल, १२ नम्बर गणमा आँखा शिविर सम्पन्न
पर्सा । १८औँ स्थापना दिवसको अवसरमा बाराको उत्तर झिटकैयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटरमा आँखा शिविर सम्पन्न भएको छ ।

किरण आँखा अस्पतालको सहयोगमा भएको सो शिविरमा १० जना महिलासहित ९० जना सुरक्षाकर्मीको आँखा परिक्षण गरिएको अस्पतालका सञ्चालक डा.अमर क्यालले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको डा. क्यालको भनाई छ ।
शिविरमा नेत्र विशेषज्ञ ज्योति कर्ण तथा पुष्पा सरार्फ, नेत्र सहयोगी कमलेश महतो, विकास मण्डल तथा रामबाबु चौरसियाले प्राविधिक सहयोग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्