तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीको दानव नदीमा पौडी खेल्ने क्रममा तीन बालक डुबे, एकको शव भेटियो, दुई बेपत्ता

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक डुब्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

दानव नदीमा स्थानीय १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव डुबेका थिए । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू  बेपत्ता भएपछि खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजी कार्यमा परिचालन भएको छ । 

खोजतलासको क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं २ अर्दौलीका १५ वर्षीय राजन यादवको शव फेला परेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button