नेवा: राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित
काठमाडौँ । राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा दुई दिनसम्म चलेको सम्मेलनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
केन्द्रीय समितिको पहिलो बैठकले उपाध्यक्षसहित कोषाध्यक्षको जिम्मेवारी र कार्य विभाजन तय गर्नेछ । नेवा: पहिचानसहितको स्वायत्त राज्य स्थापनाको लागि अग्रगमनको बाटोमा लाग्ने उद्देश्यसहित गठन भएको यस मोर्चाको नेवा: राजनीतिक आन्दोलनमा छुट्टै पहिचान स्थापित भएको सम्मेलनमा नेवा: खलःको संस्थापक र निवर्तमान अध्यक्ष दिलीप महर्जनले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्