धनकुटामा इभि हाईस दुर्घटना हुँदा ७ जना घाइते

धनकुटा । मध्यपहाडी लोकमार्ग स्थित धनकुटाको पाख्रीबास नगरपालिका–५, देविथानमा ईभी हाईस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६२९ नम्बरको ईभी हाईस गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बस्ने वर्ष ६५ की वीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका–७ बस्ने वर्ष २० की बेगना चेम्जोङ, झापाको विर्तामोड नगरपालिका–७, बस्ने वर्ष वर्ष ८५ को कृष्ण बहादुर राई र भोजपुर टेम्केमैयुङ गाउँपालिका– ७ बस्ने अन्दाजी वर्ष ३६ को तपिराज राई गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
यस्तै सङ्खुवासभाको चैनपुर नगरपालिका–२, बस्ने अन्दाजी वर्ष २७ को रमेश कार्की, भोजपुर रामप्रसाद राई गाउँपालिका–१ बस्ने अन्दाजी वर्ष ३६ को किशोर तामाङ र भोजपुर नगरपालिका–७ बस्ने अन्दाजी वर्ष ४८ को प्रबिन कुमार सुवाल सामान्य घाइते भएका छन् । उनीहरू ४ जनाको स्थानीय पाख्रीबास आधारभूत अस्पताल सामान्य उपचार पछि डिस्चार्ज भएका प्रहरी प्रवक्ता डिएसपी खनालले जानकारी दिनुभयो ।
दुर्घटनापछि फरार रहेका गाडी चालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ का ३६ वर्षिया प्रकाश भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इभी हाईसमा जम्मा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्