धनकुटामा दुई किशोरमाथि छुरा प्रहार, दुई आरोपित पक्राउ
धनकुटा । धनकुटामा छुरा प्रहारबाट दुई किशोर घाइते भएका छन्। धनकुटा नगरपालिका वडा नं. ५ स्थित बिहिबारे हटियामा छुरा प्रहार हुँदा १७/१७ वर्षका दुई किशोर घाइते भएका हुन्। छुरा प्रहारबाट स्थानीय कुशल राई र आयुष राई घाइते भएको प्रहरीले जनाएको छ ।
दुवै घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। कुशल राईको टाउको र ढाडमा गम्भीर चोट लागेको र उनको अवस्था मध्यम रहेको छ । यस्तै आयुष राईको गर्धन र बायाँ पाखुरामा चोट लागेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनापछि फरार रहेका आरोपित १९ वर्षीय रुसुक नेवा खड्गी र १८ वर्षीय लाजी हाङ लिम्बुलाई मङ्गलवार धनकुटा बजारबाट पक्राउ गरिएको धनकुटाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। पक्राउ परेका दुवै आरोपितलाई धनकुटा जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छुरा प्रहारको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्