तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन नियन्त्रणसम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक २०८३ माथिको छलफल शुरु गरेको छ ।

समितिको आज बसेको बैठकमा भएको विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले श्रमिकमाथि हुने शारीरिक हिंसा र श्रम शोषण अन्त्यका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखन, मानसिक हिंसा तथा शारीरिक यातना रोक्न प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

यस्तै विद्युतीय माध्यमबाट हुने हिंसा, साइबर अपराध र बालबालिकामाथि हुने यौन हिंसा तथा श्रम शोषण रोकथाम सम्बन्धी प्रावधान विधेयकमा प्राथमिकताका साथ समेट्नुपर्ने पनि सांसदहरुले औंल्याउनुभयोे ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले मानव बेचबिखन अपराधका दोषीलाई दिइने सजाय समयसापेक्ष बनाउन तथा सीमापार सुरक्षा र निगरानी प्रभावकारी बनाउन विधेयक महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button