तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका बाँके संवाददाता गिरी सम्मानित

नेपालगञ्ज ।  रेडियो नेपालका बाँके संवाददाता नवीन गिरी सम्मानित हुनुभएको छ । 

नेपाली कांग्रेस बाँकेले गिरीलाई सम्मान गरेको हो । तेस्रो जिल्ला सम्मेलनमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र जिल्ला सभापति नारायण प्रसाद गौडेलले गिरीलाई प्रमाणपत्र र खादासहित सम्मान गर्नुभएको हो । 

लामो समयदेखि पत्रकारितामा क्रियाशील रही लोकतन्त्रको सबलीकरणसँगै जनसरोकारका विषयलाई मिडिया कर्ममार्फत उजागर गर्न योगदान दिएको भन्दै गिरीलाई सम्मान गरिएको हो । गिरीले नेपाली कांग्रेस बाँकेको प्रेस सल्लाहकारको रुपमा तीन बर्ष काम पनि गर्नुभएको थियो ।

गिरी हाल नेपाल पत्रकार महासङ्घ बाँकेको अध्यक्ष हुनुहुन्छ । गिरीसँगै कान्तिपुर टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार जे. पाण्डे पनि सम्मानित हुनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button