तपाईँ सुन्दै हुनुहुन्छः

बाटो चिप्लो हुँदा दाउन्ने सडक खण्ड अवरुद्ध

बर्दघाट । वर्षाको कारण बाटो हिलो र चिप्लो हुँदा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड अबरुद्ध भएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।

राजमार्गमा पानी हालेकै अवस्थामा गाडी चिप्लिन थालेका थिए । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएपछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।अहिले बाटोको हिलो पन्छाएर गाडी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख यादव ढकालले रेडियो नेपाललाई जानकारी दिनु भयो ।

‘११ बजे देखि तीनबजे सम्म त बन्द हुने सेडुल नै हो तर धुलोका कारण निर्माण कम्पनीले पानी पनि हाल्दा र पानी परेकाले थप चिप्लो भएको छ’ ढकालले भन्नुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाने गाडी बर्दघाट, सुनवल क्षेत्रमा रोकिएको र काठमाडौँ, पोखरा र वीरगन्जबाट पश्चिम तर्फ जाने गाडी गैँडाकोट, रजहर, कावासोती, चोरमारा र अरुण खोलमा रोकेको ढकालले जानकारी दिनु भयो ।

दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार धुलाम्य राजमार्गमा पानी हालेकै अवस्थामा गाडी चिप्लिन थालेका थिए । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएपछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाने गाडी बर्दघाट, सुनवल क्षेत्रमा रोकिएको र काठमाडौँ, पोखरा र वीरगन्जबाट पश्चिम तर्फ जाने गाडी गैँडाकोट, रजहर, कावासोती, चोरमारा र अरुण खोलामा रोकेको ढकालले जानकारी दिनुभयो।

बिहीबार बिहानदेखि पूर्वी नवलपरासीमा सामान्य भरी परेको छ । राजमार्ग फराकिलो पार्न दाउन्नेमा सडक भत्काएर छोडेका कारण २, ३ फिटसम्मै बाक्लो धुलो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button